Comments Add Comment

नगरपालिकाको प्रशासनिक कार्यालयमै बैंक

२५ चैत, बुटवल । सेवाग्राहीको सुविधाका लागि स्थानीय तहको प्रशासनिक कार्यालयमैं बैंकिङ सेवा रुपन्देहीको तिलोत्तमामा सुरु भएको छ ।

नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा एनआईसी एशिया बैंकले विस्तारित काउन्टरमार्फत सेवा सुरु गरेको हो ।

बैंकका अनुसार स्थानीय तहको कार्यालयमै बैंकिङ सेवा शुरु गरिएको यो पहिलो नगरपालिका हो ।

नगरपालिका कार्यालयमा स्थापना गरिएको विस्तारित काउन्टरको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले सेवाग्राहीको सुविधाको लागि नगरपालिकाको आग्रहमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको बताए ।

काउन्टर सञ्चालनले अब नगरपालिकामा सेवाग्राहीले बुझाउनु पर्ने रकम बैंकमार्फत् हुने र यसले कार्य व्यवस्थापनमा सहजता ल्याउने नगर प्रमुख घिमिरेको भनाइ छ ।

बैंकका प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले तिलोत्तमा निकै संभावना बोकेको नगरपालिका रहेकाले विस्तारित शाखा सञ्चालनमा ल्याएको बताए ।

बैंकको यो ४० औं विस्तारित काउन्टर हो । बैंकका हाल मुलुकभर २८१ शाखा छन् । तीमध्ये प्रदेश नं. ५ मा मात्र ५१ वटा शाखा छन् ।

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले काउन्टर सञ्चालनले नगरपालिकाका काम-कारवाहीलाई ‘क्यासलेस’ बनाउने बताउँदै नगरपालिकाले विस्तारै करहरुसमेत अनलाइनबाट तिर्न मिल्ने गरी कामअघि बढाउन चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment