Comments Add Comment

प्रदेश ३ लाई यू–१६ क्रिकेट लिगको उपाधि

२५ चैत, काठमाडौं । प्रदेश ३ ले यू–१६ क्रिकेट लिगको उपाधि जितेको छ ।

टीयू क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ ले उपाधि जितेको हो ।

१६३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ५ ले ३० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो ।

३१ रनमै तीन विकेट गुमाइसकेको प्रदेश ५ का लागि विशाल केसी र अमर मिश्रले उत्कृष्ट प्रदर्शन गर्दै ६१ रनको साझेदारी गरे । विशालले ४६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए भने अमरले २९ रन बनाए ।

प्रदेश ३ का विवेक दराई र दीपक बोहराले समान २–२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ३० ओभरमा पाँच विकेट गुमाउदै १६२ रन बनाएको थियो । प्रदेश ३ का लागि अभिषेक उपाध्यायले ५६ रन बनाए ।

उपाधि विजेता प्रदेश ३ ले एक लाख ५० हजार बराबरको क्रिकेट किट हात पारेको छ । त्यस्तै, उपविजेता प्रदेश पाँचले ७५ हजार बराबरको क्रिकेट किट हात पार्न सफल भयो ।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको यो प्रतियोगितालाई अप्रिल १८ देखि २९ सम्म थाइल्यान्डको चियाङ माइमा हुने एसीसी यू–१६ इस्टर्न रिजन टुर्नामेन्टको छनोटको रुपमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment