Comments Add Comment

दिनभर अस्पताल रुँघेर फर्किए विरामी

२५ चैत, काठमाडौं । सरकारी चिकित्सक संघ (गोदान)ले आकस्मिकबाहेक अन्य स्वास्थ्य सेवा वहिस्कार गरेपछि विरामी दिनभर हस्पिटल रुँघेर र्फकन बाध्य भएका छन् ।

मुगुबाट १५ दिनअघि उपचारको लागि आएकी बाँचु राव सोमबार विहानैदेखि वीर अस्पतालमा बसेकी थिइन् । उनलाई सोमबार इन्डोस्कोपी गर्ने डेट दिइएको थियो ।

तर, आकस्मिकबाहेक सबै सेवा ठप्प भएपछि उनको सोमबार पनि इन्डोस्कोपी भएन । मुटु दुखेपछि वीर अस्पताल आएकी गायत्रीले भनिन्, ‘दिनदिनै आएका छौं । इन्डोस्कोपी गर्ने भनेर भोकै बसेकी छु ।’

उनको श्रीमान अमरसिंह पनि सँगै छन् । अमरसिंहको दुबै मिर्गौलामा समस्या देखिएको छ । एउटामा पत्थरी देखिएको छ भने अर्को सुनिएको छ । उनलाई बुधबार बोलाएको थियो । तर, अहिलेसम्म जाँच हुन सकेको छैन ।

उनीहरु गंगालाल पनि गए । भएको पैसा वीर र गंगलाल धाउँदा र खान बस्नमै सकियो । अमरसिंहले भने, ‘ऋण खोजेर रारा तालभन्दा परबाट आयौं तर, उपचार नै भएका छैन । अव कहाँ ऋण खोजेर फर्किने होला ? यस्तो होला भन्ने थाहा थिएन ।’

बेलकुमारी बेलवासेको एक हप्ताअघि पत्थरीको अप्रेशन गरिएको थियो । उनको पनि अप्रेशनको टाँका फुकाउन आइतबार बोलाइएको थियो । आइतबार अस्पताल बन्द भएको खवर पाइन् । सोमबार विहानै श्रीमानसँग आएकी ५५ वर्षीया बेलकुमारी पनि दिनभर बसिन र पर्किइन् ।

रौटहटबाट आएकी सरदादेवीको हालत पनि उस्तै थियो । छातीमा समस्या भएपछि ६२ वर्षीया सरदादेवीलाई परिवारले आइतवार काठमाडौं ल्याएको थियो । डेढ महिना पहिले अस्पताल आएकी सरदालाई सोमबार पीटीटका लागि डेट दिइएको थियो । आठ बजेदेखि अस्पताल कुरिरहेकी सरदाले भनिन्, ‘दुई दिनपछि त जाने होला । पैसा खर्च गरेर को बस्नसक्छ ?’

चारदिनदेखि स्वास्थ्य सेवा ठप्प हुँदा वहिरंग मात्र नभएर अप्रेशनका डेट लिएका विरामी पनि अलपत्रमा परेका छन् । गोदानले स्वास्थ्य सेवा बन्द गरेको सोमबार चौथो दिन हो । कर्मचारी समायोजनको विरोधमा गोदानले आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको हो ।

तर, निजी अस्पताल भने सञ्चालनमा छन् । गम्भीर विरामी धेरै रकम तिरेर निजीमा जान बाध्य छन् भने सरकारी अस्पतालमा डाक्टरको अड्ताल छ ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment