Comments Add Comment

इरानी सेनालाई अमेरिकाले घोषणा गर्‍यो आतंकवादी संगठन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको रिभोल्युशनरी गार्ड (आईआरजीएस)लाई आतंकवादी संगठन घोषणा गरेका छन् । अमेरिकाले कुनै पनि देशको सेनालाई आतंकवादी संगठन घोषणा गरेको यो पहिलो पटक हो ।

अमेरिकाले सुरुदेखि नै आईआरजीएस र उसँग जोडिएको संस्थाहरुलाई आतंकवादलाई समर्थन गरेको र मानवअधिकारको उल्लंघन थरेको आरोप लगाउँदै आएको थियो ।

हृवाइट हाउसले आईआरजीएसलाई इम्प्िलमेन्टिङ इट्स ग्लोबल टेररिस्ट क्याम्पेन भनेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग अन्तराष्ट्रिय परमाणु सम्झौता तोडेपछि दुई देशबीच तनाव बढेको छ । ट्रम्पले सोमबार बक्तव्य जारी गर्दै इरानले आतंकवादलाई बढवा दिएको मात्र नभई आईआरजीएस सक्रिय रुपमा संलग्न रहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment