Comments Add Comment

स्कुलका ७ शिक्षिका एकसाथ गर्भवती भएपछि…

महिलाले ७ जनासम्म बच्चा जन्माएको समाचार त केही अघि सुनिएकै थियो । तर यो पटकचाहिँ एउटी महिलाले सातजना बच्चा जन्माएको होइन, एउटा स्कुलमा सँगै काम गर्ने ७ जना शिक्षिकाहरु एकैपटक गर्भवती भएको खबर आएको छ ।

अझ रोचक त के भने यी सातजना महिलाले कूल मिलाएर ८ जना बच्चा जन्माउने छन् । अर्थात् एकजना शिक्षिकाको गर्भमा जुम्ल्याहा हुर्किरहेका छन् ।

अमेरिकाको घटना हो यो । कन्सासस्थित ओक स्ट्रीट प्राथमिक विद्यालयका सातजना शिक्षिकाहरु अहिले गर्भवती छन् । सातैजना शिक्षिकाहरु एकैपटक आमा बन्ने समाचारले गर्दा उक्त विद्यालयका सबैजना रोमाञ्चित नबन्ने कुरै भएन ।

स्कुलकी प्रधानाध्यापक एश्ले मिलरका अनुसार यसअघि सोही विद्यालयकाा दुईजना शिक्षिकाहरु गत अक्टोबरमा आमा बनेका थिए।

अहिले थप ७ जना सहकर्मीहरु एकसाथ आमा बन्ने खबर आफू दंग भएको उनको भनाइ छ ।

उक्त विद्यालयमा कूल १४ जना महिला शिक्षकले पढाउँछन् । त्यसमध्ये पूरै आधा अहिले गर्भवती भएका हुन् । आगामी अक्टोबरसम्ममा सबैले बच्चा जन्माइसक्नेछन् ।

यसरी सातैजना शिक्षिकाहरु सुत्केरी बिदामा बसेपछि पढाउने शिक्षिकाहरुको जोहो कसरी गर्ने भन्ने चिन्ता प्रधानाध्यापिकालाई परिसकेको छ । सुत्केरी शिक्षिकाहरु बिदामा बसेपछि बिदा अवधिसम्मका लागि अस्थायी रुपमा शिक्षिकाहरु भर्ना गरिने उनले बताएकी छिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment