Comments Add Comment

तेलुगु भाषा सिक्दै आलिया

बलिउड नायिका आलिया भट्ट अहिले साउथको चलचित्र ‘आरआरआर’को तयारीमा छिन् । चलचित्र ‘बाहुबली’का निर्देशक एसएस राजमौलीले यो चलचित्र निर्देशन गर्दैछन् । यो चलचित्रमा आलिया भट्टको पनि मुख्य भूमिका छ ।

तर, यतिबेला आलियालाई फसाद परेको छ । तेलुगु भाषामा बन्ने चलचित्रका लागि आलिया अहिले यो भाषा सिक्दैछन् । आलियाले यो भाषा नजानेका कारण उनी अहिले फुर्सदको समयमा यो भाषा सिक्दैछिन् । उनले भनिन्, ‘म तलेगु भाषा बुझ्छु । तर, बोल्न आउँदैन । यो भाषा निकै नै गाह्रो रहेछ । अहिले सिक्दैछु ।’

बीग बजेटमा निर्माण हुने ‘आरआरआर’मा आलिया भट्टसँगै राम चरण, जुनियर एनटीआर, अजय देवगणको पनि मुख्य भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment