Comments Add Comment

कर्मचारी नहुँदा काम गर्न नसकेको गाउँपालिका अध्यक्षको गुनासो

२६ चैत, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले कर्मचारी नहुँदा कामै गर्न नसक्ने अवस्था आएको गुनासो गरेका छन् ।

गाउँपालिकामा नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनाले आयोजना गरेको सुशासनका औजारहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवाले केन्द्र सरकारले गाउँपालिकामा कर्मचारीहरु नपठाइदिँदा कार्यसम्पादन प्रभावित भएको बताए ।

कर्मचारी नहुँदा नागरिकलाई प्रवाह गर्ने सेवामा समेत समस्या भएको उनले बताए । ‘प्रदेश र केन्द्र सरकार कर्मचारी व्यवस्थापनमा ध्यान दिँदैन् । यसले हाम्रो स्थानीय तहको काम प्रत्यक्ष प्रभावित भएको छ’, उनले गुनासो गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरिप्रसाद सुवेदीले गाउँपालिको शिक्षा र महिला तथा बालबालिका शाखा बाहेक अन्य शाखामा कुनै पनि कर्मचारी नभएको जानकारी दिए । उनले कृषि, पशुसेवा लगायतका शाखका कर्मचारी नभएपछि काम गर्न समस्या भएको बताए ।

त्यतिमात्र हैन गाउँपालिकामा लेखालापसमेत नहुँदा आर्थिक कारोवारमा समेत अप्ठेरो परेको उनले बताए ।

उनले गाउँपालिकामा कागजमा पटकपटक लेखापालहरु आए पनि भौतिकरुपमा भने एक पटक पनि लेखापाल गाउँपालिकामा नआएको बताए ।

गाउँपालिकाको लेखाको काम सदरमुरकाम मन्थलीमा रहेका एक जना लेखापालले आंसिक समय मात्र काम गरेकोले योजनाहरुको फरफारा गर्न समेत समस्या रहेको उनको भनाइ छ ।

गैसस महासंघ रामेछापका अध्यक्ष भुवनकुमार श्रेष्ठले भने स्थानीय सरकारले जनशक्ति नभएको कारण काम गर्न नसकिरहेको अवस्थामा गैसस महासंघ सरकारलाई त्यस्तो जनशक्ति उपलब्ध गराउन तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment