Comments Add Comment

सालको पातपछि लालुमै : ब्याक टु ब्याक हिट गीत दिँदै विष्णु माझी

लोकगायिका विष्णु माझी नेपथ्यबाटै ब्याक टु ब्याक हिट गीतहरु दिइरहेकी छिन् । सालको पात… लाई पछ्याउँदै उनको अर्को गीत लालुमैले यतिबेला बजार पिटिरहेको छ ।

करिब एक महिनामै लालुमैले एक करोड भ्यूज कटाएको छ । यो सालको पातपछि छिटो करोड क्वमा प्रवेश गरेको दोस्रो गीत हो । गीतको लोकपि्रयता बढ्दै जाँदा यसले लामो यात्रा तय गर्ने देखिएको छ ।

सालको पात र लालुमैले नेपाली लोकसंगीतलाई नयाँ उचाईमा पुर्‍याएको लोकसंगीतका पारखीहरुले बताइरहेका छन् । अन्यथा यसअघि लोकगीत भनेपछि नाक खुम्च्याउने नायिकाहरु अहिले लोकगीतमा मोडलिङ गर्न खुशीसाथ तयार हुने थिएनन् ।

लालुमैमा विष्णु माझीलाई सन्दिप न्यौपानेले साथ दिएका छन् । गीतमा शब्द र संगीत भने शिव हमालको रहेको छ । शिवले यसअघि पछ्यौरी देउ बैना, कस्लाई सोध्ने होला जस्ता हिट गीतहरु दिएका थिए । युट्युवमा आफ्नो च्यानलबाट गीत अपलोड गरेका उनले अहिलेसम्म सबैभन्दा बढि मिहिनेत गरेर यो गीत तयार गरेको र ठूलो आशा राखेको बताएका छन् ।

यता लालुमैको सफलताले विष्णु माझीको बजार अझै गर्माएको छ । उनी यतिबेला नेपालकै सर्वाधिक व्यस्त (गीत रेकर्डिङका हिसाबले) र महंगी गायिका मानिएकी छिन् । सार्वजनिक रुपमा कतै नदेखिने विष्णु भूमिगत ढंगले स्टुडियोमा गएर गीत रेकर्ड गराउँछिन् । गीत गाउँदा स्टुडियोमा झ्याल ढोकाका पर्दा लगाउँछिन् । बाहिर निस्किनुपर्दा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन् । देश-विदेशका कन्सर्टहरुमा उनको माग चर्को भए पनि उनी कतै जाँदिनन् ।

केही दिनअघि स्याङ्जाका प्रमुख जिल्ला अधिकारीले विष्णु र उनका श्रीमान सुन्दरमणी अधिकारीलाई झिकाएर ‘भूमिगत’ बस्नुको कारण सोधेका थिए । विष्णुले स्वैच्छाले यस्तो जीवन बाँचेको बताएकी थिइन् ।

विष्णु र सुन्दरमणीका जुम्ल्याहा छोरा पनि छन् । सुन्दरमणी पनि संगीत क्षेत्रमै छन् । उनको आफ्नो म्युजिक कम्पनी छ । विष्णुले गाउने गीतहरुको बारेमा सुन्दरमणीले नै डिल गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment