Comments Add Comment

राताम्मे देखियो सेयर बजार

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

२६ चैत, काठमाडौं । साताको पहिलो दिनदेखि नै उच्च वृद्धि देखिएको सेयर बजारमा साताको तेस्रो दिनसम्म आइपुग्दा दोहोरो अंकले ओरालो लागेको छ ।

आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ९ अंक भन्दा माथिको सुधार आएको थियो । लगातार उकालो लाग्न थालेपछि सेयर बजारका लगानीकर्ताहरु हौसिएका थिए । लगातार ठूलो वृद्धि देखिएको बजार मंगलबार दोहारो अंकले ओरालो लाग्दा लगानीकर्ताहरु निरुत्साहित बनेका छन् ।

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १० दशमलव ५८ अंकले घटेर १ हजार १ सय ८१ दशमलव १० अंकमा झरेको छ ।

नेप्से परिसूचकमात्रै होइन सोमबारको तुलनामा कारोबार रकममा समेत ह्रास आएको छ । दिनभर भएका ७ हजार ७० कारोबारबाट २७ लाख ८८ हजार ८ सय ८६ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम ७३ करोड ५१ लाख ५९ हजार ९ सय ९२ रुपैयाँमा रोकिएको छ । सोमबार कारोबार रकम ९० करोड रुपैयाँ भन्दा धेरै पुगेको थियो ।

कारोबार रकमका आधारमा मंगलबार नेको इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ । नेकोको ६ करोड ४१ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । दोस्रो स्थानमा भने कुमारी बैंक देखिएको छ । कुमारी बैंकको संस्थापकतर्फको सेयर ५ करोड ७७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा पछिल्लो समय निरन्तर अग्रस्थानमा देखिँदै आएको एनआईसी एशिया  बैंक मंगलबार तेस्रो स्थानमा देखिएको छ । आइतबार र सोमबार पहिलो नम्बरमा देखिएको एनआईसी एशिया ५ करोड ३८ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएर तेस्रो स्थानमा पर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment