Comments Add Comment

भारतमा आईपीएल, रुपन्देहीमा सट्टेबाजी !

२६ चैत, बुटवल । प्रहरीले जुवातास खेलेको अभियोगमा घरधनीसहित ६ जनालाई पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं १२ स्थित प्रानेश कुमार चौधरीको घरमा जुवा खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले उनीहरुलाई करिब ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिद्धार्थनगर १२ का प्रानेश कुमार चौधरी तथा रुपन्देहीको मायादेवी गाउंपालिका ८ का अमृत बि.क, पुरुषोत्तम रेग्मी, अर्जुन सुनार, रामेश्वर कोइरी र यमबहादुर कार्की रहेका छन् ।

जुवा खाल तथा निजहरुको साथबाट ८८ हजार २ सय ६० र भारतीय रूपैयाँ ८ सय ४०, तास ३ सय १२ पत्ती, कौडा ४ थान तथा रजिष्टर ३ थान बरामद गरी अदालतबाट १० दिनको म्याद थप लिइ अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनीहरुमाथि भारतमा जारी आइपीएल क्रिकेट प्रतियोगितासँग सम्बन्धित सट्टाबाजीतर्फ थप अनुसन्धान कार्य भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment