Comments Add Comment

डा. हरि पौडेल सचिवमा बढुवा

२७ चैत, काठमाडौं । सरकारले सहसचिव डा. हरि पौडेललाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को चैत २५ को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत डा. पौडेललाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो ।

सचिव बढुवाका लागि डा. पौडेलसँगै हरि बस्याल र सुरेश अधिकारी सिफारिसमा परेका थिए । सिफारिसमध्ये पौडेल वरिष्ठ भएकाले सचिव बढुवाका लागि सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

पौडेलको पदस्थापन हुन भने बाँकी छ ।

२०५१ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका पौडेलले जर्मनीको बोन विश्वविद्यालयबाट विकास अध्ययनमा विद्यावारिधि गरेका छन् । कर्मचारी वृत्तमा इमान्दार छवि बनाएका पौडल सार्वजनिक प्रशासन, संघीयता र कानूनका समेत विज्ञ मानिन्छन् । स्थानीय तह पुनसंरचना आयोगको सदस्य सचिवको भूमिकासमेत पौडेलले निर्वाह गरेका थिए ।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत पौडेलले संघीय मामिला तथा स्थानीय विकास, सामान्य प्रशासन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment