Comments Add Comment

जब गाईले कुखुरा खायो

गाई साकाहारी जनावर हो । यसले कुखुराको मासु खाने कुरै भएन । तर भारतमा हालै यस्तो घटना भएको छ जहाँ एउटा गाईले मासु मात्र होइन, जिउँदो कुखुरा नै मारेर खाएको छ ।

भारतको महाराष्ट्रस्थित बुलढाणा जिल्लामा पर्ने टाकरखेड गाउँका किसान बारस लोनागरेले पालेको एउटा गाईले एकपटक होइन, दुईपटक कुखुरा खाएको गाउँलेले देखे । गाईले कुखुरा खाएको घटनाले ठूलै तहल्का मच्चायो ।

उक्त गाईले आफ्नो अगाडि परेको कुखरालाई मारेर त्यसलाई चपाएर निल्ने गरेको भारतीय टेलिभिजन आजतकले जनाएको छ ।

वैज्ञानिकहरुका अनुसार गाईले यसरी कुखुरा खानु निकै दुर्लभ घटना हो । शाकाहारी जनावरले सामान्य अवस्थामा मासुजन्य चिज खाँदैनन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment