Comments Add Comment

गुल्मी जिप दुर्घटना : मृतकको संख्या ३ पुग्यो

२८ चैत, तम्घास । गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा जिप दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । उपचारको लागि पाल्पा लैजाने क्रममा थप एक घाइते पनि मृत्यु भएको हो ।

पछिल्लो पटक मृत्यु हुनेमा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छिन् । त्यसअघि धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारी र ८ वर्षीय ओश्कर विकको मृत्यु भएको थियो । शर्मा नेपाली कांग्रेसका पूर्वसांसदसमेत हुन् ।

यो पनि पढ्नुहोस जिप दुर्घटनामा पूर्वसांसद भण्डारीको मृत्यु

गुल्मीको दर्लिङ्गबाट बुटवल जाँदै गरेको लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान सडकबाट करिब १ सय मिटर तल खसेको थियो । जिपमा १० जना सवार थिए ।

घाइतेहरुलाई जिल्ला अस्पताल गुल्मी र वामी टक्सारमा उपचारका लागि लगिएको छ । दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन् ।

यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment