Comments Add Comment

रमितसँग जोडी बन्न तयार भइनन् सुपुष्पा

कुनै समय नेपाली चलचित्र क्षेत्रमा नायक रमित ढुंगानाको दबदबा थियो । तर, समय सधै एकनाशको हुन्छ भन्ने छैन । हिजोका स्टार आज पलायन भएका उदाहरण पनि प्रशस्त छन् । आफ्नै लगानीमा चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ बनाएका र अभिनय गरेका नायक रमित ढुंगाना अहिले चलचित्र ‘राजा साहेब’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रका लागि उनले १८ लाख पारिश्रमिक लिएको चर्चा चलचित्र बजारमा चलेपनि धेरैले यो कुरा पत्याएका भने छैनन् ।

अहिले निर्माण युनिटले चलचित्रको लागि नायिकाको खोजी गरिरहेको छ । यस्तैमा चलचित्रको मुख्य नायिका बन्न निर्माण युनिटले ‘रणवीर’बाट डेब्यु गरेकी नायिका सुपुष्पा भट्टलाई अफर गरेको छ । सुपुष्पाले चलचित्रको कथा पनि पढिसकेकी छिन् ।

पहिलो भेटपछि निर्माण युनिट र सुपुष्पाबीच कुनै औपचारिक कुराकानी भएको छैन । सुपुष्पा पनि चलचित्रमा काम गर्न तयार भइसकेकी छैनन् । सुपुष्पाले चलचित्रको अफर आएको स्विकार गरिन् । उनले भनिन्–‘चलचित्रको छायांकनको समयमा मेरो परिक्षा पर्नेछ । यसैले संभवत म चलचित्रमा काम गर्दिनँ होला ।’

‘राजा साहेब’मा रमित ढुंगानाको साथमा जयकिशन बस्नेत, सुभाष मेचे लगायतका कलाकार पक्का भइसकेका छन् । चलचित्रलाई सरु राईले निर्माण गर्न लागेकी हुन् । चलचित्रको छायांकन बैशाखबाट सुरु गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment