Comments Add Comment

नेपाली सेना सरकार मातहतको व्यवसायिक र मर्यादित संगठन : प्रधानमन्त्री ओली

२८ चैत, भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षणमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय काम गर्दै आएको बताएका छन् ।

सैनिक अधिकृतहरुको दीक्षान्त समारोहलाई बिहीबार खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनाले सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित गरेको पनि बताए ।

‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले तीब्र विकासको बाटोबाट अघि बढेको भन्दै विकासका लागि सुरक्षा सुदृढ हुनुपर्ने पनि धारणा राखे । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ’ उनले भने, ‘विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ ।’

प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासंग सम्बद्ध सुरक्षा निकायसमेत सदैव सजग र सतर्क रहनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा अनेकौं नायकहरुले अघि बढाएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment