Comments Add Comment

राजस्थान दोस्रो जितको खोजिमा

Photo Credit : आईपीएल

२८ चैत, काठमाडौं । इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्सले लिगको शीर्ष स्थानमा रहेको चेन्नाई सुपर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

आफ्नो घरेलु मैदानमा हुने खेलमा राजस्थान जारी आईपीएलमा दोस्रो जितको खोजिमा हुनेछ । राति ८ बजेर १५ मिनेटमा सुरु हुने खेलमा चेन्नाई भने राजस्थानलाई पराजित गर्दै जारी आईपीएलमा छैटौ जितको खोजिमा हुनेछ ।

चेन्नाईले ६ खेलमध्ये पाँच खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाएर लिगको शीर्ष स्थानमा छ ।

यता राजस्थानभने लिगको सातौं स्थानमा छ । राजस्थानले ५ खेलमध्ये एक खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ ।

राजस्थान आफ्नो छैटौ खेलमा पनि पराजित भए उसको प्लेअफमा पुग्ने सम्भावना कमजोर बन्नेछ । किनभने राजस्थानको अहिले दुई अंक मात्रै छ । यता, चेन्नाईले जित हात पारेमा भने उसको प्लेअफमा पुग्ने सम्भावना झनै बलियो बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment