Comments Add Comment

नीति सुध्रिए पनि कार्यान्वयन फितलो : भवानी राणा

Photo Credit : फाइल फाेटाे

२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आन्तरिक लगानी परिचालन नगरी विदेशी लगानी भित्रिन सहज नहुने बताएकी छन् ।

महासंघको  ५३औं वार्षिक साधारणमा अध्यक्ष राणा विदेशी लगानी भित्रिने माध्यम पनि स्वदेशी लगानीकर्ता भएकाले वातावरण सहज बनाउन आग्रह गरिन् ।

‘यहाँका उद्यमी व्यवसायीहरु यहाँको वाावरणसँग सन्तुष्ट भए मात्रै उनीहरुले वैदेशिक लगानी र प्रविधि भित्र्याउन पहल गर्ने हुन्’, उनले भनिन् ।

लगानीकर्ताले लगानीमैत्री नीति, वातावरण, सुविधा, लगानीको ग्यारेन्टी हेर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नेपालमा नीति निर्माण भएपनि कार्यान्वयनको पाटो निकै फितलो हुँदा लक्षित उपलब्धी हासिल हुन नसक्ने गरेको उनले बताइन् ।
नेपालले कानून सुधार मात्रै होइन, कार्यान्वयन पक्षमा पनि विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment