Comments Add Comment

महिला च्याम्पियन्स लिग क्रिकेटको नयाँ मिति सार्वजनिक

२८ चैत, काठमाडौं । महिला च्याम्पियन्स लिग क्रिकेटको नयाँ मिति घोषणा भएको छ ।

क्वीन्स इभेन्ट म्यानेजमेन्टले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता जेठमा सरेको जानकारी दिएको हो । नयाँ मितिअनुसार अब महिला च्याम्पिन्स लिग क्रिकेट जेठ ३ गतेदेखि ११ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिता यसअघि चैत २२ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । तर, विभिन्न प्राविधिक कारणले गर्दा प्रतियोगिताको मिति सारिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको टिम र मार्की खेलाडी भने शुक्रबार घोषणा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment