Comments Add Comment

आँधी प्रभावित क्षेत्रमा आवास निर्माणका लागि गण्डकी सरकारको १ करोड सहयोग

२८ चैत, पोखरा । बारा र पर्सामा आँधी प्रभावित क्षेत्रमा गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रभावित क्षेत्रमा आवास निर्माण गर्न गण्डकी प्रदेश सरकारले २ नम्बर प्रदेश सरकारलाई सहयोग पठाउने भएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आवास निर्माणका लागि प्रदेश २ सरकारको खातामा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

‘प्रदेश सरकारको बिपत कोषमार्फत बारा र पर्सामा आँधी प्रभावित क्षेत्रमा आवास निर्माण गर्न १ करोड रुपैयाँ सिधै २ नम्बर प्रदेश सरकारको खातामा पठाउने छौं,’ प्रवक्ता बस्नेतले भने ।

मन्त्रिपरिषदको बैठकले ७ गतेबाट हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीले संसदमा संवोधन गर्दै प्रदेशले अहिलेसम्म हासिल गरेको प्रगति संसदमा प्रस्तुत गर्दै हिउँदे अधिवेशन सकिने छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ल्याएको व्यवस्थापन परीक्षण निर्देशिका पनि पारित गरेको छ । कार्यलयहरुको कामलाई व्यवस्थापन गर्न यो निर्देशिका ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment