Comments Add Comment

महोत्तरीबाट भारतीय किशोरीको उद्दार, ७४ वर्षीय आलम पक्राउ

Photo Credit : प्रतीकात्मक तस्वीर/अनलाइनखबर फाइल

२८ चैत, महोत्तरी । महोत्तरीको औरही नगरपालिका-१ बाट १४ वर्षीय भारतीय किशोरीको उद्दार गरिएको छ । इलाका प्रहरी कार्यालयले गौशालाले आलम अंसारीको घरबाट ती किशोरीको उद्दार गरेको हो ।

किशोरीलाई सोही ठाउँका ७५ वर्षीय मोहमद अंसारीले ललाई फकाइ ल्याएको र विवाहको गर्ने भन्दै घरमै बन्धक बनाएर राखेको प्रहरीले बताएको छ । अंसारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उद्दार गरिएकी किशोरीलाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयले गौशालाका प्रहरी निरीक्षक किशोर आर्चायले जानकारी दिए ।

पक्राउ परेका अंसारीलाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक आचार्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment