Comments Add Comment

सबै बालबालिका भर्ना गर्ने पालिकालाई सम्मान

२८ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गरेको र कम्तिमा आधारभूत तहको शिक्षा सुनिश्चित गर्ने पालिकालाई सम्मान गर्ने निर्णय गरेको छ ।

भर्ना अभियान सम्बन्धी बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए । ‘विद्यालय भर्ना भएका, नभएका र विद्यालय छाडेका विद्यालय उमेरका सबै बालबालिकाको विवरण तयार गरी सबै बालबालिकालाई विद्यालयमा भर्ना गरेको तथा कम्तिमा पनि आधारभूत तहको शिक्षा सुनिश्चि गरेको घोषणा गर्ने नगरपालिका र गाउँपालिकालाई प्रदेश सरकारबाट सम्मान गर्ने निर्णय गरेको छ,’ उनले भनेे ।

शैक्षिक सत्र २०७६ को सुरुमा विद्यालय उमेरका सवै बालबालिकालाई विद्यालयमा भर्ना गर्ने कार्यमा सहयोगको लागि नगारिक समाज, बुद्धिजीवी, समाज सेवी, सामाजिक अगुवा, स्थानीय तह, संचारकर्मी, शिक्षक, कर्मचारी, सरकारी र गैरसरकारी संघसँस्था सबैलाई सहयोगको लागि बैठकले आह्वान गरेको छ ।

यस्तै विद्यालय भर्ना भएर कक्षा तथा तह पूरा नगरी विद्यालय छाडेका बालबालिकाको विद्यालय छाड्नुको कारण एकिन गर्न, विद्यालय नियमित नहुनुको तथा विद्यालय छाड्नुको कारण पत्ता लगाई नियमित हुने र तह पूरा गर्ने वातावरण निर्माण गर्न, विद्यालयलाई बालमैत्री बनाउन सवै सरेकारवालाहरुसँग बैठकले अनुरोध गरेको छ ।

बैठकले बालश्रम अन्त्य गर्ने कार्यमा सहयोग पुर्‍याइदिन पनि उद्योगी, ब्यवसायी, होटल व्यवसायी, नगारिक अगुवा, समाजका प्रतिष्ठित ब्यक्तित्व, शिक्षक, कर्मचारी, सञ्चारकर्मी र सम्पूर्ण सचेत समुदायसँग आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment