Comments Add Comment

कविता : नयाँ वर्ष

नया बर्ष तिमी आउनू

बिहानीको किरणसंगै, जोश बन्दै आउनू

रातको अँधेरीमा, ज्योति बन्दै आउनू

हिउद्को मिठो घाम बनी  

बर्षाको दरिलो ओत बनी  

आउनु तिमी, नयाँ उमंग बोकी

हर आत्मामा खुसीको दीप बनी आउनू

 

गरिबको जिउ ढाक्ने चादर बनी

धनीको खुला मनको उदारता बनी

रॊगहरु मेटाउदै, सोकहरु भुलाउदै

हर आत्मामा मायाको मुहान खोल्दै आउनू

हर्षको लहर बन्दै, मिठो रहर बोकी आउनू

आउनु तिमी, श्रद्दा सदभावाना बोकी

अदम्य उत्साह उमंग लिई आउनू

 

जोसले भरियोस आत्माहरु

सहयोगले लम्कियोस हातहरु

हर झोलीमा शुख समृद्धिको उपहार भर्दै

नयाँ बर्ष तिमि आउनू

दैलो दैलोमा मिठो आशा  विश्वास दिई

हरेक बर्ष, तिमी यसै गरी आउनू

(प्रकाशोन्मुख कविता संग्रहहृदयका पानाहरु बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment