Comments Add Comment

सुजुकीको ‘न्यू वेगनआर’ नेपालमा, के छन् फिचर्स ? (भिडियो)

२८ चैत, काठमाडौं । सुजुकीको टलहृयाच ‘अल न्यू वेगनआर’ नेपालमा सार्वजनिक भएको छ । तेस्रो पुस्ताको यो कार आकर्षक मात्रै छैन, किफायती र भरपर्दो पनि छ ।

नेपालको लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले वागेनआर १.२ लिटर  भीएक्सआई (अप्सनल) मोडलको बिक्री सुरु गरेको छ ।

यो कारलाई कम्पनीले हार्टटेकको नयाँ प्लेटर्फाममा बनाइएको छ । यो प्लेटर्फमममा कारको आकार र क्याबिन क्याबिन स्पेशमा मात्रै होइन, डिजाइन र ढाँचामा पनि ठूलो दलाव गरेर पस्किएको छ ।

उत्कृष्ट डिजाइन

झुकेको जस्तो देखिने छत र गजबको टेललाईटले यसलाई स्टाइलिस बनाएको छ । यसको बाहिरी मुहार निकै फेरिएको छ ।

नयाँ हेड ल्याम्प क्लस्टर, गजबको गि्रल र सकै प्रकारको मेटल वर्कले सलाई ज्यादै आकर्षक बनाएको छ । यसको चौंडा बडीले पनि धेरैलाई आकषिर्त गर्छ । कारको हेड ल्याम्प र फगलाइट निकै उत्कृष्ट ढंगले परिमार्जन भएको छ ।

टलबोय डिजाइनमा निर्माण भएको यो कार निकै अग्लो छ । यसको ग्राउण्ड क्लेयरेन्स १६५ मिलिमिटरको छ ।

गाडीको पछाडिको भागलाई निकै उत्कृट फिनिसिङ दिएर सजाएको छ । टेल लाइट प्रिमियम एसयूभीहरुको जस्तै देखिँदा धेरैको आँखा जान्छ ।

गजबको इन्टेरियर

वागेनआरमा ड्यासबोर्ड निकै सफा आर्कषक छ । यसको स्मार्ट इन्ट्रमेन्ट सिस्टमले गाडीको यात्रालाई बोरिङ हुन दिँदैन । यसका नेविगेशन र इन्टरनेट रेडियो पनि प्रयोग गर्न सकिन्छ ।

स्टेयरिङ माउन्टेड कन्ट्रोल्सको सुविधाबाट पनि यो सुसज्जित छ । डुअल एयरब्याग, ईबीडीको साथमा एबीएस, रियर पार्किङ सेन्सर लगायतका फिचर्सले यसलाई झन बलियो र सुरक्षित बनाएको छ ।

आरामदायी कार 

यो कार चलाउँदा सहज र कम्फर्टेबल महसुस हुन्छ । यसमा ज्यादा सन्तुलन र आरामदायी फिचर्स छन् । चलाउनेलाई मात्रै हैन, यसमा पछाडि बसेर यात्रा गर्नेलाई पनि कार निकै सजिलो छ ।

यसको हेड रुम र लेग रुम निकै सहज छ ।

यसको रोड पर्फमेन्स पनि राम्रो छ । यो कारलाई यात्रु मैत्री बनाउन कम्पनीले निकै मिहिनेत गरेको छ ।

यो कारको १.० लिटर पेट्रोल इन्जिनले ६७ एचपीको पावर र ९० एनएम टर्क उत्सर्जन गर्छ । १.२ लिटर के-१२ इन्जिनले ८३ एचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ ।

वागेनआरको १.० लिटर इन्जिनले २२.५ किलोमिटर प्रतिलिटर र १.२ लिटर इन्जिनले २१.५ किलोमिटर प्रति लिटर माइलेज दिन्छ ।

मूल्य

कम्पनीले यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने १.२ लिटर भीएक्सआईको मूल्य २६ लाख ९९ हजार छ ।

भीएक्सआई (अप्सनल) वेगनआर २७ लाख ९९ हजार रुपैयाँमा किन्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment