Comments Add Comment

बन्यो अनौठो कण्डम, प्याकेट खोल्न दुवैजना चाहिने

सुरक्षित सेक्सका लागि मानिसहरुलाई जागरुक गराउने अनेक खालका प्रयास दुनियाँमा भइरहेका हुन्छन् । तर अबचाहिँ बजारमा यस्तो कण्डम आउनेवाला छ जसको प्याकेट एक्लै खोल्न सकिने छैन । अर्थात् यो कण्डमको प्याकेट खोल्नका लागि दुई हातले सकिँदैन, चारवटा हात चाहिन्छ ।

अर्जेन्टिनाको सेक्स टोय कम्पनी ट्यूलिपनले सुरक्षित सेक्स तथा सहमतिमा हुने सेक्सलाई बढावा दिनका लागि कन्सेन्ट नामको यस्तो कण्डम डिजाइन गरेको हो ।

यो कण्डमको प्याकेट खोल्नका लागि सेक्स पार्टनरमध्ये दवैजनाको आवश्यकता पर्दछ । एकजनाले मात्र कण्डम अनप्याक गर्न सक्दैन । दुवैै जनाले समाएर कण्डमको प्याक खोल्नु पर्दछ ।

कम्पनीले यो विशेष कण्डमको भिडियो आफ्नो ट्वीटर ह्याण्डलमा शेयर गरेको छ । सुरक्षित सेक्सको आधार भन्दै कम्पनीले यही कण्डमलाई अघि सारेर प्रचार गरिरहेको छ ।

लभ मेकिङमा दुवैै पार्टनरको बराबर सहभागिता हुनुपर्दछ भन्ने मान्यताका आधारमा डिजाइन गरिएको यो कण्डमको प्याकेटमा लेखिएको छ,If it’s not a yes, it’s a no अर्थात् यदि कसैले स्वीकार गर्दैन भने त्यहाँ केही पनि हुँदैन ।

यो कण्डमको प्याक खोल्नका लागि कण्डमको प्याकेटको चारै कुनामा एकसाथ हातले दबाउनु पर्दछ । चारवटा हात नभैकन यो कण्डम खोल्न सकिँदैन ।

सोसल मिडियामा यो कण्डमको प्याकेट खोलेको भिडियो शेयर गर्दै ट्यूलिपले लेखेको छ, ‘यो सानो बक्स किन दुई मानिसले मात्र खोल्न सकिन्छ होला ? किनकि सम्बन्धमा सहमतिले मात्र काम गर्दछ । यदि सहमति हुन्छ भने आनन्द पनि मिल्दछ ।’

यो कण्डम सन् २०१९ को अन्त्य सम्ममा बजारमा उपलब्ध गराउने कम्पनीको योजना छ । व्यावसायिक रुपमा उत्पादन नहुँदासम्म कम्पनीले यो कण्डमका केही नमूनाहरुलाई विभिन्न बार तथा रेष्टुरेन्टमा आउने जोडीहरुलाई निःशुल्क रुपमा बाँड्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment