Comments Add Comment

टेम्पोभित्रै चालक मृत भेटिए

२९ चैत, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना टेम्पो चालक टेम्पोभित्रै मृत अवस्थामा फेला परेका छन् ।

सप्तकोसी नगरपालिका २ सिद्धीपुर निवासी सुन्दर भनिने दुर्गा बहादुर बस्नेत शुक्रबार दिउँसो आफ्नै टेम्पोभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स १ ह १२५७ नम्बरको आफ्नै टेम्पोभित्र उनी मृत अबस्थामामा फेला परेको प्रहरी चौकी फत्तेपुरका असई चुडामणि खतिवडाले जानकारी दिए ।

मृतकको मुखबाट र्‍याल निस्केकाले विष खाएर गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उनको शवलाई परीक्षणका लागि सगरमाथामा अञ्चल अस्पताल राजविराज लगिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment