Comments Add Comment

कक्षामा सबैलाई उछिनिन् ‘प्रधानमन्त्रीकी छोरी’ले !

Photo Credit : PM Press

१ वैशाख, काठमाडौं । आज प्रकाशित पत्रिकाहरु पनि नयाँ वर्ष विशेष छन् । पत्रिकाका फ्रन्टपेजमा कतिपयले अघिल्लो वर्षको समीक्षा गरेका छन् भने कतिपयले नयाँ वर्ष विशेषांक निकालेका छन् ।

कान्तिपुर दैनिकले नयाँ वर्ष २०७६ विकासको वर्ष हुने प्रक्षेपण गरेको छ । आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि पुग्ने, एक हजार मेगावाटभन्दा बढी बिजुली थपिने, मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने लगायतका विषयका आधारमा २०७६ विकासको वर्ष हुने कान्तिपुरको ठहर छ ।

कान्तिपुरले मुगुकी आठ वर्षीया बालिका ठिल्लेसाङ्मु लामा कक्षा एकमा पहिलो भएको विषयलाई कान्तिपुरले एंकर समाचार बनाएको छ । किनभने उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यमिक विद्यालयमा भर्ना गराएका थिए । त्यसैले समाचारको शीर्षक नै कान्तिपुरले पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’ लेखेको छ । समाचारमा लेखिएअनुसार प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेदेखि ठिल्लेसाङ्मु लामा गाउँमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिएकी छन् ।

नागरिक दैनिकले वर्ष समीक्षा गर्दै पात्रो फेरिए पनि अवस्था नफेरिएको निष्कर्ष प्रस्तुत गरेको छ । उसले काठमाडौं नगर क्षेत्रभित्र ६ वर्षमा १८६० रोपनी जग्गा भूमाफियाको कब्जामा रहेको अर्को मुख्य समाचार प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा अल्पसंख्यक लेप्चा समुदाय भाषा र संस्कृति संरक्षण गर्दै पहिचान जोगाउन सक्रिय रहेको समाचार इलाम डेटलाइनमा छापिएको छ । साथै नयाँ वर्षमा मात्र फूल्ने सहलेस फूलको विषयलाई पनि पहिलो पृष्ठमा स्थान दिइएको छ ।

राजधानी दैनिकले सरकारका बिभिन्न निकायले गत तीन वर्षमा राज्यकोषबाट ६६ अर्ब रुपैयाँ अनियमित किसिमले खर्च गरेको विषयलाई प्रमुख समाचारको रुपमा स्थान दिएको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको विलक्षण र आश्चर्यजनक प्रतिभालाई संरक्षण गर्नुपर्ने अभिव्यक्ति दिएको विषयलाई मुख्य समाचार बनाएर छापेको छ ।

नेपाल समाचारपत्रले पोखरा विश्वविद्यालय प्राज्ञिक परिषदको निर्णय उल्ट्याउँदै निजी कलेज सञ्चालकहरुले अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेको समाचार लेखेको छ ।

यसैगरी कारोबार दैनिकले भोजभेतर र चियापानमै सरकारले एक वर्षमा सवा अर्ब खर्च गरेको लेखेको छ, जुन महालेखा परीक्षकको प्रतिवेदनमा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment