Comments Add Comment

महंगी बढेको छ, जताततै ट्याक्स नै ट्याक्स लगाएको छ : देउवा

१ वैशाख, धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिलेसम्म कुनै क्षेत्रमा राम्रो काम नगरेको भन्दै आलोचना गरेका छन् ।

कैलालीको धनगढीमा आयोजित कार्यक्रममा उनले देशमा हत्या, हिंसा, बलात्कार, महंगी, कर सबै बढेको भन्दै सरकारले कुनै क्षेत्रमा राम्रो काम गर्न नसकेको दावी गरे । ‘हत्या, हिसा, बलात्कार बढेको छ’ उनले भने ‘निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई बचाउने समेत काम गरेको छ’ उनले भने ।

अहिले महंगी बढ्नुका साथै जताततै कर तिर्नुपर्ने बाध्यताले नागरिक आक्रान्त भएको पनि सभापति देउवाले जिकिर गरे । ‘महंगी बढेको छ, जहाँ पनि ट्याक्स नै ट्याक्स लगाएको छ’ उनले भने ‘शिक्षामा पनि हस्तक्षेप गरेको छ । ’

सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको भन्दै पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिन्को नभाँच्ने प्रवृत्ति सरकारमा देखिएको दावी गरे ।

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न किन नसकेको भन्ने प्रश्नमा देउवाले सत्तारुढ पार्टीले नै प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्दै ठट्टा गरे ।

सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लगायत शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको देउवाले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment