Comments Add Comment

सिरिजले धानेको नेपाली चलचित्रको व्यापार

वि.सं २०७५ साल सकिदै गर्दा नेपाली चलचित्र क्षेत्र फेरि चलमलाएको छ । दशैपछि सुस्ताएको चलचित्र बजारलाई यो बर्षको अन्तिम हप्ता रिलिजमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ले राम्रैसँग हल्लाइदियो । गतबर्षको चैत्र २९ गतेबाट रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’को ३ दिने बम्पर कारोबार र दर्शकको सुखद प्रतिक्रिया हेर्दा लामो रेशको घोडा बन्ने संभावनालाई नकार्न सकिदैन । योसँगै गतबर्ष रिलिजमा आएका १०० चलचित्रमा केही चलचित्रले मात्र लगानी उठाएर निर्माताका लागि खुशी दिए ।

चलचित्रको व्यापार हेर्दा सिरिजले धानेको देखिएको छ । सिरिज चलचित्रलाई दर्शकले बढी विश्वास गरेका छन् ।

१. नाई नभन्नु ल ५ः यो ब्रान्डको कुनै पनि सिरिज असफल भएको छैन । भदौ ८ गते रिलिजमा आएको यो चलचित्रले नाफा कमायो । चलचित्रले नाफा कमाउँदै गर्दा यसको पछाडि ब्रान्डलाई नै मुख्य मानिएको छ । विकासराज आचार्यको निर्देशनमा बनेको यो चलचित्रले बर्षको पहिलो हिट चलचित्रको रुपमा आफूलाई उभ्याएको थियो । ‘नाई नभन्नु ल’को ब्रान्ड भएकै कारण यो चलचित्रलाई व्यापारिक रुपमा फाइदा मिलेको हो । यसपछि यसको कथावस्तु, गीतसंगीत, कलाकार पनि हिट हुनुको कारण हुन् ।

२. छक्का पन्जा ३ः गतबर्षको मात्र नभएर नेपाली चलचित्रको व्यापारिक इतिहासमै नयाँ रेकर्ड बनाउन सफल भएको चलचित्र हो ‘छक्का पन्जा ३’ । यो चलचित्र चल्नुको मुख्यकारण यसको ब्रान्ड नै हो । तेश्रो सिरिजसम्म आइपुग्दा यो ब्रान्ड र यसको टिमलाई दर्शकले अझै विश्वास गरेका छन् । कथावस्तु पनि राम्रो भएकाले चलचित्रले यसपटक व्यापारिक रुपमा नयाँ इतिहास बनायो ।

३. ए मेरो हजुर ३ः चलचित्र ‘ए मेरो हजुर ३’ हलमा चलेको ३ दिन मात्रै भयो । यसैले पनि यो चलचित्रले निर्मातालाई नाफा वा घाटा के दिन्छ भन्न सकिने अवस्था छैन । तर, लामो समयसम्म सुस्ताएको चलचित्र बजारलाई यसले ठूलै कम्पनका साथ हल्लाइदिएको छ । यसको पछाडि यो चलचित्रको ब्रान्डले काम गरेको कुरामा दुइमत छैन । ‘ए मेरो हजुर’लाई अत्याधिक मन पराएका दर्शकले ‘ए मेरो हजुर २’लाई पनि उस्तै माया दिएका थिए । यसैले पनि दर्शक ‘ए मेरो हजुर ३’ लागेपछि हलमा ओइरिएका छन् । चलचित्रले शुक्रबार भन्दा शनिबार र शनिबार भन्दा आइतबार अझै बम्पर कारोबार गर्ने देखिएको छ ।

सबै चलचित्रका सिरिज चलेका छैनन् । चलचित्रको सिरिज बनाउँदैमा चल्छ भन्ने छैन । तर, अब माथि उल्लेखित यी ३ चलचित्रका सिरिजमाथि भने दर्शकको भरोसा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment