Comments Add Comment

सनराइज बैंकको ‘सनराइज समृद्धि बचत खाता’

१ बैशाख, काठमाडौं । ‘खोलौ बैंक खाता अभियान, २०७६’ लाई आत्मसाथ गर्दै सनराइज बैंकले ‘सनराइज समृद्धि बचत खाता’ ग्राहकहरु समक्ष ल्याएको छ

जस अन्तर्गत खाता खोल्दा रु एक सय बैंकले नै जम्मा गरिदिनेछ । यस ‘सन्राइज समृद्धि बचत खाता’ मा बैंकले अरु बचत खातावालहरुलाई दिँदै आएको स्वास्थ्य बीमा, दुर्घटना बीमा लगायत अन्य सम्पूर्ण सुबिधाहरु प्रदान गर्नेछ ।

साथै खाता खोल्न सहज बनाउन २०७६ बैशाख ०१ गते आईतबारका लागि सनराइज बैंक लिमिटेडका सम्पूर्ण शाखाहरु बिहान १० बजे देखि दिउँसो १ बजे सम्म खुल्ला रहनेछ ।

सनराइज बैंकले नेपालभर १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटीएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment