Comments Add Comment

सिरहामा मात्रै फुल्ने भनिएको फूल सप्तरीमा पनि फुल्यो

१ वैशाख, सप्तरी । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने फूल सिरहामा मात्रै फुल्छ भन्ने गरिन्छ ।

सिरहाको लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा प्रत्येक बर्ष वैशाख १ गते बिहान फुल्ने र साँझमा मौलाउने सुनाखरी आकारको फूल सिरहामा मात्र होइन्, सप्तरीमा पनि डेढ दशकयता वैशाख १ मै फुल्दै आएको छ ।

सिरहामा लहान बजारदेखि ५ किमी पूर्वपश्चिम राजमार्गमा पर्ने सलहेश फूलबारीमा एक दिन मात्र फुल्ने यो फूल सप्तरीको कञ्चनरुप नगरपालिकामा पछिल्लो १५ बर्ष यता फुल्दै आएको हो । कञ्चनरुप नगरपालिका ९ रुपनगर निवासी नवराज पोखरेलको बगैचामा फुल्ने यो फूल यस पटक पनि फुलेको छ ।

फरक यति मात्रै छ सिरहामा हारमको रुखमा छ भने सप्तरीमा आँपको रुखमा । पूर्वपश्चिम राजमार्गदेखि पश्चिम प्राचीन विष्णु मन्दिर छेउमै यो फुल फुल्दै आएको छ । आँपको रुखको हाँगामा पछिल्लो १५ बर्ष यता बर्षको पहिलो दिन नै यो फुल फुल्दै आएको स्थानीयले बताएका छन् ।

धेरै पहिलादेखि नै यो फुल फुल्दै आएको हामीले हेरेका छौं’ स्थानीय बयोबृद्व गुणराज पोखरेलले भने, ‘तर यसको सम्बद्र्धन गर्न कसैले ध्यान दिएको अवस्था छैन ।’ यो फूल फुल्ने ठाउँदेखि तीन किलोमिटर पश्चिम उत्तरमा सलहेशको बास स्थानको रुपमा सलहेश पिडिया छ ।

त्यहाँ ३ वटा ढुँगाको पिरा रहेको छ । यो पीरा जसले बोकेर लग्ने प्रयास गरेका छन् उनीहरुको मृत्यु भएको इतिहास रहेको स्थानीयहरुको भनाइ छ । एउटा बाबाजीले पीरा बोकेर ल्याउँदा खोलामा पुग्नेवित्तिकै उनको मृत्यु भएको र पीरा फुटेको सुनेको स्थानीयहरु बताउँछन् । यसले यो क्षेत्रमा राजा सलहेशको बास स्थान रहेको जनविश्वास यस क्षेत्रका बासिन्दाको छ ।

दलित अन्तर्गत दुसाध जातिको कुलदेवताको रुपमा राजा सलहेशको पूजा गरिँदै आएको छ । राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रुपमा यो फूललाई लिइँदै आएको छ । सिरहामा भने यो फूल हेर्नेको घुइँचो लाग्ने गर्छ ।

प्रत्येक बर्ष वैशाख १ गते बिहानदेखि बेलुकासम्म सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीसहित सिमावर्ती भारतीय गाउँका हजारौं व्यक्ति यहाँ आएर फूलको अवलोकन गर्दै आएका छन् । यस दिन यहाँ ठूलो मेलासमेत लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment