Comments Add Comment

सय किलो सुकेको खुर्सानीको हवन !

१ वैशाख, विराटनगर । भान्सामा खुर्सानी छेउछाउ बस्नेलाई रागले पिरोल्छ । मोरङको बेलबारमिा आइतबार सय किलो खुर्सानीको हवन गरिएको छ । तर, खोर्सनी डढाउँदा मानिसको भिड लाग्यो, कोही भागेनन् ।

हातमा मोवाइल लिएर भिडियो, फोटो खिच्न व्यस्त बनेका धार्मिक पर्यटकले खुर्सानीको राग महसुस नै गरेनन् ।

बेलबारी नगरपालिका–६ सोमबारे जितपुरमा याशोक्यानी भगवती मन्दिर छ, जहाँ ११ वर्षयता निरन्तर खुर्सानी हवन गरिँदै आएको छ ।

प्रत्येक वर्ष राम नवमीको दिन गरिने हवनमा सहभागी हुन छिमेकी मुलुक भारतका साथै तेस्रो मुलुकका धार्मिक पर्यटक सोमबारेसम्म पुग्छन् । आइतबार खुर्सानी हवन अवलोकन गर्न प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला पनि पुगेका थिए ।

विश्व शान्तिको कामनासहित आयोजना गरिने हवनमा सय किलो भन्दाबढी सुकेका खुर्सानी प्रयोग गरिन्छ । धार्मिक विधिद्धारा तयार पारिएको हवन कुण्डमा प्रयोग हुने खुर्सानी घ्यूमा डुवाएर निकालिन्छ ।

खुर्सानी हवनका लागि चैते दशैं अवधिभरि विभिन्न धार्मिक कार्यक्रम हुन्छ । खुर्सानी हवनको आयोजना गर्ने साधक गोपालप्रसाद कोइराला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment