Comments Add Comment

बागलुङमा भीषण असिना पानी : सडक, खेत र घरहरुमा क्षति

१ वैशाख, बागलुङ । बागलुङको गलकोट र जैमिनी नगरपालिका क्षेत्रमा आइतबार दिउँसो घर, विद्यालय र स्वास्थ्य चौकीमा बाढी पसेको छ । दिउँसो असिना पानी परेपछि गल्कोटको गौंदीखोला र जैमिनीको ठेउलेखोला आसपासमा सयौं रोपनी खेतसमेत बगाएको छ ।

बाढी पस्दा स्थानीयको घर, विद्यालयको भवन डुबाएको स्थानीय गुमानसिंह बुढाथोकीले बताए । स्वास्थ्य चौकीमा राखेको औषधी बाढीले डुवाएपछि नष्ट भएको स्थानीयले बताए ।

नरेठाँटीमा मध्यपहाडी लोकमार्गलाई पनि बाढीले क्षति पुर्‍याएको छ । गलकोटमा स्थानीय ईश्वर बुढाथोकी, नेत्रबहादुर बुढाथोकी, होमबहादुर नेपालीलगायतको घरमा बाढी पसेपछि छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । निरन्तर मुसलधारे पानी परिरहेकोले उद्दार गर्न नसकिएको स्थानीय बुढाथोकीले बताए ।

गौदीखोलामै निर्माणाधिन पक्कीपुलको सामान समेत बाढीले बगाएको छ । जैमिनी नगरपालिकाको पैञ्युथन्थाप र राङ्खानीमा परेको असिना पानिका कारण ठेउले खोलामा भीषण बाढी आएको स्थानीयले बताएका छन् । निरन्तर बर्षा भइहेकाले बाहिर निस्कन नसक्ने अवस्था रहेको ठेउलेखोला हाईड्रोपावर कुश्मीशेराका अपरेटर पुरुषोत्तम थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment