Comments Add Comment

रैना र जडेजाको जोडीले चेन्नईलाई जितायो

काठमाडौं । सुरेश रैना र रविन्द्र जडेजाको जोडीले चेन्नई सुपर किङ्ग्सलाई आईपीएलमा अर्को अन्तिम ओभरको जित दिलाएका छन् । रैना र जडेजाको अविजित ४१ रनको साझेदारीसँगै आइतबार चेन्नईले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो ।

कोलकत्ता घरेलु टोलीले दिएको १६२ रनको लक्ष्य चेन्नईले अन्तिम २ बल बाँकी ५ विकेट गुमाएर भेट्टायो । रैना ५८ र जडेजा ३१ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो । उसका क्रिस लायनले ८२ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

चेन्नईका इमरान ताहिर एक्लैले चार विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment