Comments Add Comment

काठमाडौंमा ‘रसियन किचन डे’ (फोटो फिचर)

३० चैत, काठमाडौं । गत शनिबारदेखि काठमाडौंमा शुरु भएको ‘रसियन किचन डे’ आकर्षण राम्रो देखिएको छ । विभिन्न प्रकारका रसियन खानाहरुको स्वाद लिन पाइने रसियन किचन डे काठमाडौंको र्याडिशन होटलमा चलेको हो ।

६ अप्रिलदेखि भएको किचन डे शुक्रबार (१३ अप्रिल) सम्म चलेको हो । पहिलो दिन शनिबार विभिन्न १७ वटा खानाका परिकारहरु राखिएका थिए ।

दोस्रो दिनदेखि भने ७/८ वटा खानाका परिकारहरु राखिएका थिए । खानाका परिकारहरुमा धेरै जसो सुपको आइटमहरु राखिने राखिएको थियो ।

नेपालस्थित रसियन दूतावाससँगको सहकार्यमा आयोजना भएको किचन डेमा धेरै नेपालीहरू सहभागी थिए । नेपाली खानाहरुसँग कतिपय मिल्ने परिकारहरु पनि थिए । कार्यक्रममा रसियन सांस्कृतिक नृत्यहरुसमेत प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment