Comments Add Comment

यी हुन् विश्वका सबैभन्दा महंगा डिभोर्स

हालै अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी म्याकेन्जीबीच डिभोर्सको प्रक्रिया पूरा भयो । उनीहरुको डिभोर्स विश्वमा अहिलेसम्मकै महँगो सावित भएको छ । डिभोर्सपछि म्याकेन्जी विश्वकै चौथो धनी महिला बनेकी छन् ।

डिभोर्ससँगै म्याकेन्जीले जेफ बेजोसबाट ३५ अर्ब ९० करोड डलर बराबरको अमेजन कम्पनीको शेयर प्राप्त गरेकी छन् । यो भनेको झण्डै ४० खर्ब नेपाली रुपैयाँ हो । अर्थात् नेपालको वार्षिक बजेटभन्दा झण्डै ३ गुणा बढी ।

बेजोस दम्पत्तिपछि विश्वको दोस्रो सबैभन्दा महंगो डिभोर्स एलेक वाइल्डेस्टिन र जोसलिन वाइल्डेस्टिनबीचको हो । उनीहरुबीच सन् १९९९ मा डिभोर्स भएको थियो । पेशाले आर्ट डिलर रहेका फ्रेन्च धनाढ्य एलेक र अनुहारको कस्मेटिक सर्जरीका कारण चर्चित बनेकी अमेरिकी महिला जोसलिनबीच डिभोर्सको कारक तत्व एकजना रुसी मोडेल थिइन् । डिभोर्सका क्रममा एलेकले त्यसबेला जोसलिनलाई ३ अर्ब ८० करोड डलर दिएका थिए । त्यो रकम अहिलेको मूल्यमा ५ अर्ब ७० करोड हुन आउँदछ ।

अमेरिकी मिडिया टाइकुन रुपर्ट मर्डोक र उनकी तत्कालीन पत्नी एन्ना टोर्बबीचको डिभोर्स विश्वमा अहिलेसम्मकै तेस्रो महँगो डिभोर्सको रुपमा रहेको छ । सन् १९९९ मा यो जोडीले ३१ वर्ष लामो वैवाहिक सम्बन्धमा पूर्णविराम लगाएको थियो । त्यसबेला रुपर्टले एन्नालाई १ अर्ब ७० करोड डलर दिनुपरेको थियो । त्यो रकम अहिलेको मूल्यमा २ अर्ब ६० करोड डलर हुन आउँदछ ।

अमेरिकी अर्बपति बिल ग्रस र उनकी तत्कालीन पत्नी सू ग्रसबीच सन् २०१७ मा भएको डिभोर्स विवादित र चर्चित मात्र रहेन निकै महँगो पनि रह्यो । डिभोर्सपछि बिलले पूर्वपत्नी सूलाई १ अर्ब ३० करोड बराबरको धनसम्पत्ति दिएका थिए ।

फर्मूला वानको दुनियाँका दिग्गज बर्नी एक्लेस्टोन र क्रोएसियन मोडल स्लाभिकाको बिहे ८० को दशकमा भएको थियो । तर सन् २००६ मा यो दम्पत्तिले सम्बन्ध विच्छेद गर्यो । त्यसबेला बर्नीले डिभोर्ससँगै स्लाभिकालाई १ अर्ब २० करोड डलर प्रदान गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment