Comments Add Comment

उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीको जित

२ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई उसकै घरेलु भूमिमा ३–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । त्यस्तै, गाब्रियल जेसुसले एक गोल थपे । यता, क्रिस्टल प्यालेसका लागि लुका मिलिभोजेभिकले गोल फर्काएका थिए ।

खेलको १५औं मिनेटमा नै स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनकै गोलमा सिटीले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ६३औं मिनेटमा उनले अर्को गोल थप्दै सिटीलाई २–० गोलको अग्रता दिलाए ।

मिलिभोजेभिकले खेलको ८१औं मिनेटमा गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर ९०औं मिनेटमा जेसुसले गोल गरेपछि सिटीले ३–१ गोलको जित निकालेको हो ।

जितसँगै सिटीको ३३ खेलबाट ८३ अंक भएको छ । पराजित क्रिस्टल प्यालेसको भने ३४ खेलबाट ३९ अंक छ ।

प्रिमियर लिग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment