Comments Add Comment

डोल्पामा पर्यटक भित्राउन सकिए सिंगो देश समृद्ध हुन्छ : पर्यटन राज्यमन्त्री बुढा

२ वैशाख, दुनै । पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले देशको आर्थिक समृद्धिको आधार पर्यटन भएको बताएका छन् । जन्मथलो डोल्पाको काईके गाउँपालिकाको शहरतारमा अरनिको माध्यमिक विद्यालयको एक कार्यक्रममा पुगेका राज्यमन्त्री बुढाले डोल्पा जिल्ला भौगोलिक रुपले बिकट भए पनि स्रोत साधनले धनी रहेको बताए ।

प्राकृतिक स्रोत साधनबाट राज्य तथा स्थानीयले जती लाभ लिनु पर्ने हो त्यती लिन नसक्दा डोल्पाले अपेक्षाकृत प्रगति गर्न नसकेको उनले बताए । उनले भने, ‘मैले डोल्पाको शहरतारा, संघीय राजधानी काठमाडौं हुँदै विश्वको सबैभन्दा बिकसित मुलुक अमेरीका यात्राको अनुभवमा आर्थिक प्रगतिको आधार शिक्षा र पर्यटन नै भएको पाएँ ।’

शहरतारा साँस्कृतिक, प्राकृतिक, धार्मिकका साथै विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव वस्ति द्यो, छार्का जाने पदमार्गमा पर्दछ । यसलाई विश्वभर परिचित गराएर अत्यधिक पर्यटकहरु भित्राउन सकियो भने सिंगो देशको समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

देश समृद्ध हुनु भनेकै डोल्पाको समेत समृद्धि हुनु हो भन्दै उनले डोल्पामा पर्यटक भित्राउनका लागि सरकार दत्तचित्त भएर लागेको उनले जानकारी दिए । त्यसैगरी स्थानीबासी पनि अग्रसर भएमा डोल्पामा पर्यटकको आगमन उल्लेखनीय हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment