Comments Add Comment

सलमान भन्छन्–‘मेरा फ्लप फिल्मले नै सय करोड कमाउँछन्’

बलिउडमा नायक सलमान खानले अभिनय गरेका केही चलचित्र पनि असफल भएका छन् । विगत केही बर्षयता उनका आशा गरिएका चलचित्रले नै बक्स अफिसमा हावा खाएका छन् । तर, नायक सलमान खान भने यी चलचित्रलाई असफल भन्न मान्दैनन् । सलमान भन्छन्–‘ मेरो असफल भएका चलचित्रले पनि सय करोड कमाएका छन् ।’ हालै एक मिडियामा दिएको अन्तर्वातामा उनको फ्लप चलचित्र र बक्स अफिस कमाईको विषयमा बहश चलाइएको थियो । त्यहाँ उनको असफल भएका चलचित्रहरुको विषयमा कुरा गरियो । उनी अभिनित ‘ट्युबलाइट’लाई असफल चलचित्र भनियो ।

सलमानले ‘ट्युबलाइट’को कुरालाई लिएर भने–‘मेरो यो चलचित्रले घरेलु बजारमा नै ११० करोड कमाएको थियो । तर, यो चलचित्र असफल भनियो । धेरैको चलचित्रले १०० करोडको व्यापार गर्न सक्दैनन् । सलमान आफ्नो चलचित्रले यति धेरै कमाउँदा पनि असफल भनिनु आफ्नो सफलता भएको बताएका छन् । उनले भने, ‘यो पनि मेरो सफलता हो । मलाई माया गर्ने सबैलाई धन्यवाद ।’

सलमान अभिनित ‘जय हो र रेश ३’लाई पनि असफल भनिएको छ । तर, यी दुबै चलचित्रले घरेल बक्स अफिसमा सय करोड बढी कमाएका छन् । सलमान खान अभिनित ३ चलचित्रले ३ सय करोड बढीको व्यापार गरेका छन् । उनको १४ बढी चलचित्रले सय करोड माथिको व्यापार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment