Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बिस्केट जात्रामा निःशुल्क पानी वितरण

२ बैशाख, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बिस्केट जात्राका अवसरमा निःशुल्क खानेपानी वितरण गरेको छ ।

बैंकको शाखा कार्यालय ठिमीले भक्तपुरको मध्यपुरथिमी नगरपालिका नगरपालिका वडा नम्बर ७ मा बिस्केट जात्रा अन्तर्गतको जिब्रो छेडने पर्वको अवसरमा निःशुल्क खानेपानी वितरण गरेको हो ।

सो अवसरमा यस बैंकको ठिमी शाखाका कर्मचारीहरुले सो पर्व मनाउन आउने वटुवाहरुलाई गर्मीको मौसममा खानेपानी वितरण गरि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् ।

बैंकले मुलुभर ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा एटीएमहरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment