Comments Add Comment

प्रहरीलाई ३ लाख घुस दिन आउँदा आफैं पक्राउ

२ वैशाख, काठमाडौं । राजधानी न्यू इयर इभमा रमिरहेका बेला महानगरीय प्रहरी वृत्त, बालाजुका प्रमुख सुधीरराज शाही भने एउटा अपरेसनमा खटिएका थिए । उनलाई अवैध सामान तस्करी सम्बन्धी सूचना आएको थियो, जसलाई फलो गर्दै शाही सडकमा थिए ।

जब रातको ९ बज्यो काठमाडौं–१५, चमतीमा सुराकीले दिएको सूचना अनुसारको बस आइपुग्यो । भारतको नयाँ दिल्लीबाट बाँके, नेपालगञ्ज हुँदै काठमाडौं आएको थियो त्यो बस । प्रहरी टोलीले ना ५ ख ४८४२ नम्बरको बसलाई घेरा हालेर खनतलासी लिन मात्र के खोजेको थियो, चालक सर्लाहीका विष्णकुमार विश्वकर्मा भागे ।

प्रहरीले उनलाई केहीबेर पछ्याए पनि फेला पार्न सकेन । गाडीलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुमा ल्याएर चेकजाँच गर्दा छतमुनि राजश्व छलेर ल्याइएको लत्ताकपडा  बरामद भयो । प्रहरीले अनुसन्धान गरिरहेकै थियो, त्यसैबीचमा डीएसपी शाहीलाई एउटा फोन आयो ।

जसमा भनिएको थियो– गाडी छाड्दिनु त्यसवापत ३ लाख रूपैयाँ दिउँला । शाहीले त्यसवेला कुनै प्रक्रिया जनाएनन् । किनकी, उनलाई अभियुक्त पक्राउसमेत गर्नु थियो ।

उनले काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी वसन्त लामासँग सल्लाह गरे र, अभियुक्तलाई आफू उनीहरुको अफरमा सकारात्मक रहेको सन्देश दिए ।

नभन्दै केहीबेरमा गाडी चालक विश्वकर्मा ३ लाख रुपैयाँ लिएर आए । उनी आफ्नो गाडी र सामान छुट्ने विश्वाससहित त्यहाँ आएका रहेछन् । तर, प्रहरीले उनको पैसा लिएन, उल्टै पक्राउ गर्‍यो ।

त्यति हुँदासम्म पनि चालक पक्षलाई विश्वास लागेको थिएन । उनीहरुले सोचे, पैसा कम भएकाले प्रहरीले छाडेन । त्यसपछि थप घुस दिन दीपा राना र भरत तामाङ पनि त्यहाँ आइपुगे । दीपाको साथमा रहेको लेडिज ब्यागभित्र ५० हजार रुपैयाँ थियो । सामान छुटाउने लोभमा पर्दा अहिले उनीहरु पनि हिरासतमा छन् ।

पक्राउ परेका तीनै जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अख्तियारपछि उनीहरुलाई राजश्व अनुसन्धान विभागमा बुझाइने प्रहरीले जनाएको छ ।

डीएसपी शाहीका अनुसार गाडीमा अनुमानित ५० लाख ६८ हजार ६ सय रुपैयाँ बराबरको लत्ताकपडा र कुर्ता सुरुवाल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment