Comments Add Comment

सनराइज बैंकद्वारा बाजं पाटी पुनर्निर्माणको लागि १० लाख सहयोग

२ बैशाख, काठमाडौं । सनराइज बैंक लिमिटेडले खोकनाको रूद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुनर्निर्माणको लागि रू. १० लाख सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच खोकनाको रूद्रायणी मन्दिरमा रहेको बाजं पाटीमा अतिथिका रुपमा ललितपुर क्षेत्र नं ३ का सासंंद् पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थिति रहेको थियो ।

उक्त समारोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, लगायत बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति थियो ।

नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदानको क्रममा बाजं पाटी पुर्णनिर्माणका निम्ति सामाजिक उत्तरदायित्व अन्त्तर्गत सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment