+
+

एनएमबि बैंकले भन्यो- सरकारको अभियानमा सँगै छौं, थप सुविधा दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते १८:४४

२ वैशाख, काठमाडौं । वैशाख १ गते नै नयाँ वर्षको अवसर पारेर सरकारले घोषणा गरेको ‘खोलौं बैंक खाता’ अभियानमा आफूहरुसँगै रहेको एनएमबि बैंकले जनाएको छ । बैंकले सोमबार राजधानीमा पत्रकार सम्मेलन नै गरेर उक्त अभियान अन्तर्गत नयाँ योजनासमेत सार्वजनिक गरेको हो ।

बैंकले ‘एक घर एक खाता’ अभियानलाई अझ परिस्कृत गर्दै सबैका लागि बचत, सधैंका लागि साहरा भन्ने नारासहित ‘एनएमबि सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

यस बैंकमा खोलिने प्रत्येक सबैको साहरा बचत खातामा बैंकको तर्फबाट सय रुपैयाँ जम्मा गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । उक्त खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षणसमेत गरिने सीईओ केसीले जानकारी दिए ।

उनका अनुसार खातावालाको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा वा क्यान्सर, किड्नी निस्कृयता, लिभरको रोग, मस्तिस्कघात, ह्दयघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भीर रोगमध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाला या नजिकको हकवालालाई १० लाख रुपैयाँसम्मको बीमा रकम बंैकले उपलब्ध गराउनेछ ।

त्यस्तै ६ दशमलव ५ प्रतिशत ब्याज दिनेसमेत बैंकले जनाएको छ । उक्त खातामा निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ तथा डिलाइट एटीएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटीएमबाट निःशुल्क रकम झिक्न सकिने जस्ता सुविधा रहेका छन् ।

सन् २०१७ र २०१८ मा बैंक अफ दि इयर अवार्ड प्राप्त एनएमबि बैंक ग्लोबल अलायस अफ बैंकिङ अन भ्यालुजको नेपालमा एकमात्रै सदस्य बैंक हो हाल ११० शाखा, ४ एक्स्टेन्सन काउन्टर, ९९ एटीएम तथा अन्य वैकल्पिक बैंकिङ सुविधाका माध्यमबाट विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?