Comments Add Comment

प्रचण्डको प्रश्न : के पढ्यौं हामीले, कस्तो मान्छे बनायौं ?

२ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरु स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु ठीक नभएको बताएका छन् ।

नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा पढेकाहरु यहाँ श्रम गर्नुभन्दा विदेशमा नोकरी गर्नु उचित ठानिरहेको भन्दै नेपालको शिक्षा प्रणालीमै कमजोरी रहेको हुन सक्ने औंल्याए ।

‘हाम्रा डिग्री होल्डर धेरै पढेका छन्, तर सामान्य नोकरीका लागि विदेश जानुपर्‍या छ’ उनले भने ‘हाम्रा बाआमाले आत्मनिर्भर नेपाल दिए, हामीलाई स्वाधीन नेपाल दिए । अर्गानिक खानेकुरा दिए । तर हामीले न आधुनिक खेती गरेर न विदेश निर्यात गर्न सक्यौं न खाद्यान्नमा आत्मनिर्भर हुन सक्यौं ।’

प्रचण्डले नेपाल पहिले कृषिमा आत्मनिर्भर भए पनि अहिले उन्नत खेती प्रणालीको विकास भइसकेको बेला विदेशबाट आयात गर्ने अवस्था आउनु दुखदायी भएको बताए । उनले यत्तिका वर्ष हामीले के ग¥यौं भनी प्रश्नसमेत गरे । ‘के पढ्यौं हामीले, कस्तो मान्छे बनायौं हामीले, यो विषय विचारणीय विषय हो’ प्रचण्डले प्रश्न गरे ।

कृषिमा व्यवसायिकताका लागि विभिन्न कार्यक्रम आए पनि त्यसले कृषि उत्पादन बढाउनुभन्दा घटिरहेको प्रचण्डले बताए । देश विकासको मुख्य मेरुदण्ड कृषि रहेको भन्दै उनले स्वदेशमै श्रम गर्ने पद्धति विकास नभएसम्म कृषिमा आत्मनिर्भर हुन कठिन हुने बताए ।

‘बाहिर गएर जस्तोसुकै श्रम गर्न पनि तयार, आफ्नै देशभित्र श्रम गरेर उत्पादन गर्नेतिर प्रवृत्त किन हुन सकेनौं ?’ उनले युवाहरुलाई प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment