Comments Add Comment

विराट कोहलीको टिमले मुम्बईसँग हार्‍यो, टिम संकटमा

३ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको छ ।

सोमबार राति आफ्नै घरेलु मैदानमा मुम्बईले बेंग्लोरलाई पाँच विकेटले पराजित गरेको हो । बेंग्लोरले दिएको १७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १९ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो ।

मुम्बईका लागि डी कक्ले ४० रन बनाए भने हार्दिक पाण्ड्याले अविजित ३७ रन बनाए । त्यस्तै, सूर्यकुमार यादवले २९ र कप्तान रोहित शर्माले २८ रनको योगदान दिए । बलिङतर्फ बेंग्लोरका युजभेन्द्र चाहल र मोइन अलीले समान २–२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७१ रन बनाएको थियो । बेंग्लोरका लागि एबी डिभिलियर्सले उत्कृष्ट प्रदर्शन गर्दै ७५ रन बनाए । एनले ५१ बलमा ६ चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै मोइन अलीले ५० रन बनाउँदा पार्थिव पटेलले २८ रन बनाएका थिए ।

बलिङतर्फ मुम्बईका लासिथ मालिंगाले चार विकेट लिए ।

हारपछि बेंग्लोरको प्लेआफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ । आठ खेलमा एक खेल मात्रै जित हात पारेको बेंग्लोरले सात खेलमा हार ब्यहोर्दा उसको दुई अंक मात्रै छ । अब बेंग्लोरले प्लेफमा पुग्नका लागि बाँकी सबै खेल जितेर मात्रै पुग्दैन अन्य टिमको नतिजामा पनि भर पर्नु पर्ने अवस्था आएको छ ।

यता, मुम्बईको भने ८ खेलबाट पाँच खेलमा जित र तीन खेलमा हारसहित १० अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment