Comments Add Comment

भुस्याहा कुकुरलाई खाना खुवाउँदा पौने ६ लाख जरिवाना

जनावरहरुलाई खाना खुवाउने कतिपय मानिसहरुको शौख नै हुन्छ । जनावर प्रेमीहरु असहाय तथा छाडा चौपायाहरुलाई खाना खुवाउने र स्याहार सुसार गरेर पुण्य कमाइने ठान्छन् । तर भुस्याहा कुकुरलाई खाना खुवाउँदा एकजना महिलालाई झण्डै पौने ६ लाख रुपैयाँ बराबरको जरिवाना भएको छ ।

यो घटना भारतको मुम्बइस्थित कान्दीवालीको हो । स्थानीय निसर्ग हेभेन सोसाइटी परिसरमा भुस्याहा कुकुरलाई खानेकुरा खुवाएको आरोपमा सोसाइटीले नेहा देतवानी नामकी महिलामाथि ३ लाख ६० हजार भारु जरिवाना लगाएको हो ।

उक्त सोसाइटीका अध्यक्षका अनुसार समाजको बैठकमा ९८ प्रतिशतले उक्त सजाय पारित गरेका हुन् ।

परिसरभित्र कुकुरलाई खानेकुरा खुवाउँदा कुकुरहरु वृद्धवृद्धा, बालबालिका तथा अन्य मानिसहरुप्रति बढी आक्रामक भएर भुक्ने तथा त्यस ठाउँमा बढी फोहोर हुने ठहर समाजले गरेको छ ।

सजाय पाएकी महिला नेहाका अनुसार उनलाई कुकुरलाई खाना खुवाएको आरोपमा दिनहुँ २५ सय भारु जरिवाना गरिएको रहेछ । मार्च महिलासम्मको जरिवाना रकम ३ लाख ६० हजारको बिल भुक्तानीका लागि भन्दै आएपछि उनी झसँग भइन् ।

आफुले खाना खुवाएका कुकुरहरु भुस्याहा कुकुर नभै त्यहीँ परिसरमा जन्मिएका कुकुरहरु भएको र आफुले मानवीयताको हिसाबले त्यस्तो काम गरेको उनको भनाइ छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment