Comments Add Comment

सरोज र आश्माको ‘ह्याप्पी ह्याप्पी’

गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत तथा शिव परियारको स्वर सुन्न सकिन्छ । भिडियोमा ‘कार्टुन क्रुज’का सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । टेकेन्द्र शाहको निर्देशनमा तयार भएको भिडियोमा राम केसीको छायांकन, राजिव समरको कोरियोग्राफी छ । भिडियोको सम्पादन पनि निर्देशक शाहले नै गरेका हुन् ।

गायक परियारले गीतमा निकै मिहिनेत गरेको बोल्दै गीतको सफलता प्रति आशा व्यक्त गरे । त्यस्तै सरोज र आश्माले पनि पहिलो पटक गायक शिव परियारको गीतमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment