Comments Add Comment

बाल यौनदूराचारको आरोपमा सिरहाबाट २ पक्राउ

३ वैशाख, सिरहा । बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा सिरहाबाट २ जना पक्राउ परेका छन् ।

पाहुना बस्न आएका १० बर्षीय बालकको मुख थुनेर जर्वजस्ती अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले मंगलबार बिहान सुखीपुर नगरपालिकला–८ बस्ने २६ वर्षीय कृष्ण मण्डल र सोही नगरपालिका–४ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई पक्रेको हो ।

सिरहाको धनगढी नगरपालिका ७ वस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, पाहुना बस्न आएका बालकलाई मण्डल र श्रेष्ठले सुखीपुर नगरपालिका–८ स्थित बाबुराम खोलामा लगी अप्राकृतिक यौन क्रियाकलाप गरेका थिए ।

इलाका प्रहरी कार्यालय सुखीपुरको टोलीले दुवैलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment