Comments Add Comment

कुमारी बैंक पुरस्कृत

३ बैशाख, काठमाडाैं । भारतको मैसुरमा भएको ‘इन्फोसिस फिनाकल क्लाइन्ट इनोभेसन अवार्ड २०१९’ बाट कुमारी बैंक पुरस्कृत भएको छ ।

यो अवार्डबाट सम्मानित हुनेमा नेपालकै पहिलो भएको बैंकले जानकारी दिएको छ। कोर बैंकिङ सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा बैंक उक्त अवार्डले सम्मानित भएको हो ।

प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रीजनशीलता जस्ता बुँदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिएको बैंकले जनाएको छ ।

बैंक ‘एसिलिरेटेड ट्रान्सफर्मेसन’ विधामा विजेता भएको हो । सोही विधामा अन्य बैंकमध्ये पन्जाब नेशनल बैंक विजेता तथा आईसीआईसी बैंक, आन्द्र बैंकर इमिरेट्स एनडिबि (यूएई) उपविजेता भएका छन् ।

अन्तर्राष्ट्रिय मञ्चमा बैंकिङ प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भए पछि आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment