Comments Add Comment

थपलियाको सुनुवाई भोलि र न्यायाधीशमा सिफारिस भएकाहरुको पर्सि

३ वैशाख, काठमाडौं । संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने भएको छ । मंगलबार बसेको बैठकले थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बुधबार विहान ११ बजे छलफलका लागि बोलाएको छ ।

उजुरीकर्तासँगको छलफलपछि थपलियासँग दिउँसो २ बजे छलफल गर्ने समितिले निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ ।

समितिले सर्वोच्च अदालतका न्यायाधीशहरुको सुनुवाइ भने बिहीबार गर्ने भएको छ । उनीहरुविरुद्ध ५ वटा उजुरी परेको छ ।

न्यायपरिषदले हालै सर्वोच्च अदालतमा कानून व्यवसायीहरु कुमार रेग्मी, हरि फुयाल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई न्यायाधीशमा सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment