Comments Add Comment

सानिमा बैंक र भारतको म्याक्स हेल्थकेयर ईन्स्टिच्युटबीच सम्झौता

३ बैशाख, काठमाडाैं । सानिमा बैंक लिमिटेड र भारतको म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेड बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरे ।

म्याक्स हेल्थ केयर ईन्स्टिच्युट लिमिटेड, भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचार सम्बन्धी सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् ।

उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थ केयर ईन्स्टिच्युटसँग साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशतसम्म छुट पाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment